प्रधानमन्त्री बाढी पहिराे प्रभावित क्षेत्रमा

काठमाडाैं | असार ४, २०८०

प्रधानमन्त्री बाढी पहिराे प्रभावित क्षेत्रमा फाइल तस्बिर

काठमाण्डाै: बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ । 

 

प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । 

 

उहाँका साथमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ हुनुहुन्छ । प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेश सभा सदस्य राजेन्द्र कार्की सहभागी हुनुहुन्छ । 

 

साथमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपद् हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपद् हेर्ने अधिकृत पनि साथमा हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धारको काम भइरहेकाे छ । बाढी र पहिरोमा फसेकालाई उद्धार गरिएको छ । 

 

आजैमात्र भौतिक पूर्वाधार मन्त्रालयले केन्द्रीय सडक सञ्जालबाट विच्छेद भएको पाँचथर र ताप्लेजुङलाई जोड्न बेलिब्रिजको सामान प्रभावित क्षेत्रमा पठाइसकेको उहाँले जानकारी दिनुभयो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्